कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, ०७ : ४९
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै  दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।  यस्तै सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भूभागका एक  दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस