हत्या गरेर भागेका राई पक्राउ

विहीबार, २७ बैशाख २०७५, ०९ : १७
हत्या गरेर भागेका राई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस