जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई भोजन

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १७ : ०९
जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई भोजन

चितवन । भरतपुरकी सीता रेग्मीले देवघाटमा रहेको रोटरी करुणालयका जेष्ठ नागरीकहरुलाई खाना खुवाएकी छन् । आफनो जन्मदिनको अवसर पारी आश्रमका जेष्ठ नागरिकहरुलाई खाना खुवाएको उनले बताईन् ।

आश्रम र त्यस आसपासका  करिब १०० बढि जेष्ठ नागरिकलाई खाना खुवाएको उनले जानकारी दिईन् । देवघाटमा रहेको यो आश्रममा नागरिकहरुले आफनो जनमोउत्सव, बिबाह उत्सवमा जेष्ठ नागरिकलाई खाना खुवाउने गरेका छन् । यहाँ आश्रममा आश्रीत र बाहिर रहने साहारा बिहिन आमा बुबाहरुले खाना खाने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस