क्यान र सन्बीबीच सम्झौता

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १५ : ३६
क्यान र सन्बीबीच सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपालमा हुने एकदिवसीय र  अन्तर्राष्ट्रिय सिरिजको ‘कमर्सियल एन्ड ब्राण्डिङ राइट्स’ सन्बी होल्डिङ्ग्स प्रालिलाई दिएको छ। सिरिजका लागि सन्बी र क्यानबीच सम्झौता भएको हो ।

नेपालले त्रिवि क्रिकेट मैदानमा मार्च २५ र २६ मा पपुआ न्युगिनी ९पिएनजी०सँग दुई खेलको एकदिवसिय सिरिज खेल्नेछ ।त्यस्तै त्रिवि मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म नेपाल, पिएनजी र मलेसिया सम्मिलित त्रिकोणत्मक टी–२० सिरिज हुनेछ ।  क्यान र सान्बी होल्डिङ्ग्सबीच भएको सम्झौता अनुसार दुबै सिरिजका लागि कर्मर्सियल, टिकेटिङ र ब्रोडकास्टिङ ९नेपाल र विदेश० अधिकार सान्बी होल्डिङ्ग्ससँग रहनेछ ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले पे्रस विज्ञप्ती जारी गरी उक्त सम्झौताबारे जानकारी गराए ।    

प्रतिक्रिया दिनुहोस