श्रीलंकन क्लबविरुद्ध नेपाल २१४ रनमै अलआउट

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १३ : ३८
श्रीलंकन क्लबविरुद्ध नेपाल २१४ रनमै अलआउट

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध २१४ रनमै समेटिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७।१ ओभरमै समेटिएको हो ।   

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै, आसिफ शेख ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, रोहितकुमार पौडेल १३, कुशल भुर्तेल, सागर ढकाल १३र१३, सन्दीप लामिछाने ११ र ज्ञानेन्द्र मल्ल २ रनमा आउट भए ।

विक्रम सोब ११ रनमा अविजित रहे । बलिङमा श्रीलंका नेभी स्पोर्ट्स क्लबका  अरविन्द अकुरुगोडाले ९।१ ओभरमा ५९ रन दिएर सर्वाधिक ४ विकेट लिए । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपालले श्रीलंकामा प्रथम श्रेणी क्रिकेट क्लबसँग चार अभ्यास म्याच खेलिरहेको हो ।

अभ्यास म्याच खेलेपछि नेपाली टोली १४ मार्चमा त्यहीँबाट युएई जानेछ । जहाँ नेपालले युएईसहित पपुवा न्युगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने तालिका छ ।
  

  

प्रतिक्रिया दिनुहोस