धनगढीमा एक युवकको शव नालीमा फेला, हत्याको आशंका

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १३ : ३१
धनगढीमा एक युवकको शव नालीमा फेला, हत्याको आशंका

काठमाडौं । कैलालीमा एक जनाको शव फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५ को जाँइ(शिवनगर सडक अन्तर्गत केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो।
शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । मृतकको पहिचान खुल्न सकेको छैन । साथै घटनाको अनुसन्धान कुकुरको प्रयोग गरी अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस