श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : ४६
श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

काठमाडौं ।  श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल रसायन शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ ।एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । 
 
 

प्रतिक्रिया दिनुहोस