पर्वतमा ग्लास स्काइ ब्रिज

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : ३९
पर्वतमा ग्लास स्काइ ब्रिज

काठमाडौं । पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल ९ग्लास स्काइ ब्रिज० सञ्चालनमा आएको छ। द हार्नेस प्रालिले कालीगण्डकी नदीको सतहबाट २२८ मिटर उचाइमा पुल निर्माण गरेको हो।

कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनियाँ प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेको बानियाले बताए।

उनले भने‚ ‘कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा सिसाको पुलमा हिँडेर आनन्द लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानिन्छ भन्ने हामीलाई लागेको छ।’

सञ्चालक राजकुमार बस्नेतका अनुसार पुलमा टिकटक भिडियो खिच्नका लागि विशेष सुविधा र भौतिक संरचनारू निर्माण गरेर आन्तरिक पर्यटकहरूलाई पनि आकर्षणको केन्द्रमा राखिएको छ। ‘स्काई ब्रिज’ मा जानेहरूका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क तोकिएको छ।

उक्त पुलको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस