समता घरेलु लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : २२
समता घरेलु लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

काठमाडौँ  ।  समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज भएर बनेको समता घरेलु लघुवित्तले फर्दर पब्लिक ईस्यु एफपीओ निष्काशन गर्ने भएको छ।

एफपीओद्वारा सर्वसाधारणमा शेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको वित्त संस्थाले जनाएको छ।सो सम्झौतापत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र आरबीबी मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्

शेयर आदानप्रदानदर समता घरेलु कायम हुने गरी गाभिएपश्चात् संस्थाको कुल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँको २० प्रतिशत बोनसपश्चात् कम्पनीको चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ भएकोले शेयर संरचना ७०ः३० संस्थापकःसर्वसाधारण कायम हुने गरी जारी हुन बाँकी शेयर निष्काशन गर्न लागिएको हो।

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो।

प्रतिक्रिया दिनुहोस