स्मार्टडोकोले ल्यायो ‘वुमनस् डे अफर’

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १२ : १३
स्मार्टडोकोले ल्यायो ‘वुमनस् डे अफर’

काठमाडौँ । नारी दिवसको अवसरमा स्मार्टडोकोले ‘वुमनस् डे अफर’ ल्याएको छ। स्मार्टडोकोले नारी केन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो।

महिलाहरुले न्यूनतम रु २ हजारको किनमेल गर्दा रु २०० को गिफ्ट कार्ड पाउन सक्नेछन्। नारी दिवसको अवसरमा ‘ट्याग एण्ड विन’ समावेश गरिएको छ, जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्स्टाग्राममा कमेन्ट गरी स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्।

स्मार्टडोकोले र अन्य धेरै ब्रान्डहरुमा ४० प्रतिशतसम्म छुटसहित महिला केन्द्रित सामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गरिने जनाएको छ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्। जसमा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फुड एण्ड ग्रोसरिज तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन्।

ग्राहकहरुले आफ्नो मन पर्ने सामानहरु एन्ड्रोइड र आईओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन्। स्मार्टडोकोका ग्राहकहरुले काठमाडौँ उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौँ उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभरी सेवा उपलब्ध गराइएको छ।

अफर फागुन २२ देखि २४ गतेसम्म लागू हुने स्मार्टडोकोले जनाएको छ। v

प्रतिक्रिया दिनुहोस