लमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सुरु

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, ११ : २८
लमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सुरु

 काठमाडौं । वर्षदिनदेखि लमही अस्पतालमा सुरु भएको सल्यक्रियामार्फत प्रसूति सेवाले निरन्तरता पाएको छ । घरमा प्रसूति हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ। त्यही भएर सरकारले अस्पताल अथवा स्वास्थ्य संस्थामा प्रसूति गराउन जोड दिँदै आएको छ। यो अभियानले सार्थकता पाएको छ। घरमा हुने प्रसूतिलाई न्यून गर्ने अभियान तीव्र बनेको छ।

बर्थिङ सेन्टरमा सामान्य अवस्थाको प्रसूति सेवा छ। सल्यक्रिया गर्नुपरेमा अन्यत्र रिफर गर्नुपर्छ। देउखुरीका बर्थिङ सेन्टरहरुले लमही अस्पतालमा रिफर गर्दै आएका छन्।

लमही अस्पतालमा विगत एक वर्षदेखि सल्यक्रियामार्फत गरिने प्रसूति सेवा सञ्चालनमा छ। केही दिन सेवा रोकियो। फागुनबाट यो सेवा पुनः सञ्चालनमा आएको छ ।  जटिल खालको प्रसूति सेवा पुनः सुरु भएको छ। यो सेवा लिन टाढा जानुपर्ने बाध्यता हटेको छ । 

लमही नगरपालिकाले निक साइमन इन्स्टिच्युटसँग सम्झौता गरेको छ। यसअघि भएको सम्झौताको समयावधि सकिएको थियो। जसले गर्दा केही समय प्रसूति सेवा रोकिएको थियो। थप सम्झौतापश्चात सेवाले निरन्तरता पाएको छ।
लमही अस्पतालमा सल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि अन्य बर्थिङ सेन्टरलाई यहाँ रिफर गर्न सजिलो भएको छ।  

प्रतिक्रिया दिनुहोस