भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार, श्रीमान पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, ०७ : ४९
भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार, श्रीमान पक्राउ

भक्तपुर । भक्तपुरमा एक महिलामाथि केमिकल (रसायन) प्रहार भएको छ । आइतबार साँझ सूर्यबिनायक नगरपालिका वडा नन्मबर ४ स्थित दधिकोट बस्ने ६० वर्षीय पुजा गुभाजुमाथि केमिकल प्रहार भएको हो । 

घरायसी विवादपछि श्रीमान श्याम गुभाजुले नाम नखुलेको केमिकल शरीरमा प्रहार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाईतेको बर्न अस्पताल किर्तीपुर उपचार भइरहेको छ भने अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस