अवैध हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, २१ : १३
अवैध हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बाफलबाट प्रहरीले १ करोड ५० लाख अवैध हुन्डी कारोबारमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट भारत फर्मेन्जगञ्ज घर भएका अमित अग्रवाललाई पक्राउ गरेको छ । अग्रवालसँगै हुण्डी कारोबारमा संलग्न काठमाडौं–१३ घर भएका बिक्की खड्गीलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले बताए । 


 

प्रतिक्रिया दिनुहोस