बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ । उनीहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ । सो फोनवार्ताका क्रममा उनीहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।
उनीहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।
त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिेन्केनले चिनियाँ विदेशमन्त्री समक्षा राखेका थिए ।
उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताएका थिए । युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ फागुन २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष