पाँचखाल शहरी विकास आयोजनालाई पचास करोड रुपैयाँ बजेट

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १५ : ४६
पाँचखाल शहरी विकास आयोजनालाई पचास करोड रुपैयाँ बजेट

काठमाडौं । पाँचखाल नगरपालिकामा शहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

शहरी विकास मन्त्रालयको सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो। मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो। पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक, ३० आयआर्जन र १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ।

निर्धारित कार्यक्रमअन्तर्गत बुधबार मन्त्रालयका प्रतिनिधि, नगर तथा विभिन्न दलका प्रतिनिधिको बैठकद्वारा योजना कार्यान्वन गर्नेबारे सहमति भएको छ। यस लगत्तै योजना संकलनका लागि सरोकारवाला निकायबीच छलफल भइरहेको नगरप्रमुख महेश खरेलले बताए।


उनका अनुसार कार्य सम्पादन मूल्यांकनका आधारमा नगरपालिका सो कार्यक्रमका लागि छनोट भएको हो। ‘स्मार्ट सिटी’का लागि प्रक्रिया थालिएको पाँचखाललाई यस कार्यक्रमको बजेटले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ। “स्मार्ट सिटीका लागि सघन शहरी विकास कार्यक्रमले ठूलो मद्दत गर्नेछ”, उनले भने।

यही फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। यसका लागि नगरसँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड ९निफ्रा०ले सिङ्गापुरको सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि ९एसएमइसी०बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसैसाता सम्झौता भएको हो।

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल शहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ।

यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने पाँचखाल नगरले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ। निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि ९जेएलएल०नामक कम्पनीसँग गत माघ तेस्रोसाता सम्झौता गरिसकेको छ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ। करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा ९सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार० परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो। उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ। निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तथा सरोकारवाला छलफलसमेत गरेको जनाइएको छ।

‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए। उहाँका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ। 

प्रतिक्रिया दिनुहोस