अडानको छैटौं राष्ट्रिय महाधिवेशन आगामी जेठ २० र २१ मा हुने

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १५ : ३२
अडानको छैटौं राष्ट्रिय महाधिवेशन आगामी जेठ २० र २१ मा हुने

काठमाडौँ  ।  नेपाल अडिटर्स एसोसियसन अडान को छैटौं राष्ट्रिय महाधिवेशन आगामी जेठ २० र २१ गते काठमाडौँमा हुने भएको छ।

अडानको पाँचौं राष्ट्रिय महाधिवेशन भएको सातौं पूर्ण बैठकले उक्त निर्णय गरेको हो।अडानका अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा भएको बैठकले आगामी बैशाख १५ गतेसम्म जिल्ला अधिवेशन र जेठ १० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नेसमेत निर्णय गरेको छ।

बैठकले महासचिव झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको अडानले जानकारी दिएको छ।

अडानका अनुसार बैठकले लेखापरीक्षकहरुमाथि भए–गरेका विभेदहरुको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान, बढ्दो मूल्यवृद्धि कम गर्न तीनवटै सरकारबाट जनसरोकारका विषयमा ध्यानाकर्षण गर्दै १७ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ।  

प्रतिक्रिया दिनुहोस