काठमाडौं । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका छन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो ।
नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्तरिक हवाई उडान साँझ सम्मका लागि खुल्यो
खराब मौसमका कारण आन्तरिक उडान प्रभावित