कार्यसम्पादन मूल्यांकनमा मकवानपुरको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १४ : २८
कार्यसम्पादन मूल्यांकनमा मकवानपुरको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट

काठमाडौं । वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकनमा मकवानपुरको थाहानगरपालिका जिल्लाकै उत्कृष्ट भएको छ । 

आगामी आर्थिक वर्ष २०७९–८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो । 

आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको हो ।

थाहा नगरपालिकाकाले आयोगको मूल्याङ्कनमा ७०–०८ अंक प्राप्त गरेको हो । आयोगले १८ फागुनमा कार्य सम्पादन मूल्याङ्कन सार्वजनिक गर्दै तथ्याङ्क र प्राप्ताङ्कमा परिमार्जन गर्न परे ठोस प्रमाणसहित ७ दिन भित्र कार्यविधि बमोजिम पुनरावलोकनका लागि पत्र पठाउन स्थानीय तहलाई परिपत्र गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले ६५–०७, बकैयाले ६१–८८, राक्सिराङले ६०, कैलाशले ५६–९९, भिमफेदीले ५६–४५, बागमतीले ५३–१७, इन्द्रसरोवर गाउँपालिकाले ५१–०२ र हेटौंडा उपमहानगरपालिकाले ४५–७३ मूल्याङ्कन अंक पाएको छ । 

आयोगको मुल्याङ्कनअनुसार सबैभन्दा कम प्राप्ताङ्क मनहरी गाउँपालिकाले पाएको छ । मनहरीले ४४–१३ अंक पाएको हो । आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ बमोजिम वार्षिक रूपमा मूल्याङ्कन गर्ने गर्दछ ।  

प्रतिक्रिया दिनुहोस