अब इतिहासमा मात्र सीमित हुँदै उपत्यकाका ढुंगेधारा

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १३ : ०५
अब इतिहासमा मात्र सीमित हुँदै  उपत्यकाका ढुंगेधारा

काठमाडौं  ।  बढ्दो  जनसख्ंया  र सहरीकरणले खानेपानीको मुहानहरु कतै  सुकिसके त  कतै हराइसके । उपत्यकाको मौलिक सभ्यताको पहिचानको रूपमा रहेका अधिकांश कलात्मक ढुंगेधाराहरू सहरी क्षेत्रमा नै धेरै छन् । तर पानी आउँदैन् । जसले गर्दा  काठमाडौं उपत्यकामामा पानीको हाहाकार छ ।महँगोमा खानेपानी किनेर पिउनु परिराखेको छ । खानेपानी पनि  पसलबाट किन्न पनि तछाडमछाड गर्नुपर्छ ।।कसैले नापेर दिएको पानीमा एक हप्तासम्म गुजारा चलाउन सक्ने बानी राजधानी उपत्यकाभित्र बसोबास गर्ने धेरैलाई परिसकेको छ । मन लागेको समयमा र आवश्यकता अनुासर प्रशस्त पानी चलाउन पाउने सपना धेरै अगाडिदेखिको भए पनि त्यो अझै पूरा सकेको छैन । त्यस्तो अवस्थामा  पानी पिउनको लागि ढु्रगेधारा उपयोगी हुन्थ्यो । तर अपसोच उपत्यकामा भएका ढु्रगेधाराहरु लोप हुँदै गएका छन् । लिच्छवीकालको सुरुमा कृति भनिने ढुंगेधारालाई लिच्छवीकालकै अन्त्यतिर ‘प्रणाली’ र मल्लकाल ‘हिटी’ भनिन्थ्यो। 


उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौं, तथा भक्तपुरका टोल टोलका यस्ता ढुङ्गेधाराको मुख्य विशेषता भनेको चौबिसै घन्टा पानी बगिरहनु हो। नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएको यस्ता ढुङ्गेधारा ल्वँहिटी, सुनधारा लुंहिटी , मरुहिटी केही नभएको धारा, थँहिटी माथिल्लो धारा, क्वहिटी तल्लो धारा, वह हिटी चाँदीको धारा आदि अहिले पनि उपभोक्ता माझ लोकप्रिय छन् ।  
ढुंगेधाराको धार्मिक तथा सांस्कृतिक प्रसिद्धि त्यसको संख्याले पनि निर्धारण गर्ने देखिन्छ । कतिपय ढुंगेधाराहरूले धार्मिकरूपमा प्रसिद्धिसमेत कामाएका छन् । यस्ता धेरै धाराहरूमध्ये बालाजुको बाइस धारा चैत्र पूर्णिमा र मातातीर्थका दिन नुहाउनका लागि प्रसिद्ध छ भने प्रत्येक १२ वर्षमा नुहाउनका लागि गोदावरीको नौ धारा प्रख्यात छ । त्यसैगरी, मुक्तिनाथको १०८ धारा पनि प्रमुख नै मानिन्छ ।  
सन् १९८२ मा काठमाडौं सहरी विकास आयोजनाले गरेको सर्भेअनुसार काठमाडौंमा १ सय १७ वटा ढुंगेधारा थिए। यस्तै भक्तपुरमा १ सय ३ तथा ललितपुरमा ४० वटा ढुंगेधारा थिए।तर  दुई दशकभित्रमा करिब एक सयको हाराहारीमा ढु्रगेधाराहरु उपत्यकाभित्र लोप भइसकेको अनुमान सरोकारवालाले गरेको छ । सबैभन्दा ठूलो मानिएको ढुंगेधारा सुन्धारामा दुई दशकदेखि पानी आउँदैन । त्यसैगरी हेर्ने हो भने ५० प्रतिशत धाराहरूबाट पानी आउन छाडेको र बाँकी धाराहरू संकटको सूचीमा परेका छन् । खानेपानी प्रणाली विकास नहुँदासम्म उपत्यकावासी लिच्छवीकालदेखि नै ढुंगेधाराको पानी खाने गर्थे।


। ढुंगेधाराको पानीको मूलस्रोत राजकुलो हो। मुहान, भूमिगत पानी तथा राजकुलोबाट पानी ल्याएर ढुंगेधारा निर्माण गरिएको थियो। ऐतिहासिक दस्तावेजमा सबैभन्दा पहिले भक्तपुरका राजा जितामित्र मल्लले सन् १६७८ मा राजकुलो बनाएर ढुंगेधारामा जोडेको उल्लेख छ।  ढुंगेधाराको इतिहासलाई हेर्ने हो भने सन् ५५० मा निर्माण गरिएको एक ढुंगे धारालाई नै सबैभन्दा पुरानो ढुंगे धाराको रूपमा लिने गरिन्छ । ढुंगेधारामा जाडोमा तातो र गर्मीमा चिसो पानी आउँछ।ढुंगेधाराको पानीले औषधिको काम गर्छ भन्ने विश्वास छ।ललितपुरको कुम्भेश्वर मन्दिरको बासाहिटीको पानी, औषधिका रूपमा उपभोग गर्न श्री ३ जंगबहादुर राणाले बेलायत लगेको उल्लेख इतिहासमा पाइन्छ।   
गाईभैंसीलगायत जनावर जान नसक्ने गरी गहिरोमा चारैतिर पर्खाल लगाएर ढुंगेधारा बनाइएको थियो ।अहिले  संरक्षणको अभावमा लोप हुँदै गएका ढुंगेधारा भूकम्पपछि कति त पुरिए भने कति भत्किएर जीर्ण अवस्थामा रहेका छन् ।उपत्यकाभित्र यसरी जीर्ण भएका भएका ढुंगेधारा आजभोलि युवायुवतीहरूलाई फोटो खिच्नमा मात्र प्रयोगमा आउने गरेका छन् । कति फाहोरले भरिएका छन् । सबैभन्दा धेरै ढुंगेधारा भएको स्थान काठमाडौं उपत्यका भए पनि अहिले यहाँ कतिपय लोप भइसकेका छन् भने भएका ढुंगेधाराहरू पनि पनि सुख्खा रहेका छन् । यहाँ भएका निकै कम मात्र ढुंगेधाराहरूमा पानी बगेको देख्न सकिन्छ ।    


अहिले यी आकृतिहरू आकर्षक र पर्यटकीय हिसाबले मनै लोभ्याउनेसमेत रहेका छन् । ऐतिहासिक पानीका स्रोतहरू दिनानुदिन सुक्दै गइरहेका छन् । भविष्यमा यसरी नै पानी सुक्दै जाने र पुराना ढुंगेधाराहरू मासिँदै जाने हो भने पछाडिका सन्ततीले चित्र र म्युजियममा मात्रै ढुंगेधाराहरू नभेटिएलान् भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस