मानवअधिकार रक्षकहरूकै फरक मत

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १७ : १४
मानवअधिकार रक्षकहरूकै फरक मत

काठमाडौं । शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनको आयोजना गर्‍यो । त्यसमा कर्णाली प्रदेशभरका दशवटै जिल्लाबाट ८० भन्दा बढी मानव अधिकार रक्षकहरूले सहभागिता जनाए ।
सम्मेलनमा विभिन्न क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रूपमा मानवअधिकार रक्षकको रूपमा काम गर्नेहरूले सहभागिता जनाएका हुन् ।आयोगले मानवअधिकार रक्षकहरूको अवस्थाबारे जानकारी लिन र  उनीहरूको सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सुरजकुमार सिंहले पनि आयोगकै पदाधिकारी र कर्मचारीहरू समेत कतिपय अवस्थामा पीडित हुनुपर्ने अवस्था आएको बताए । 

आयोगले उजुरीका प्रतिवेदन मात्रै बुझाउनेभन्दा पनि पीडकहरूलाई आफैँले कारबाही गर्नेगरी संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ ।देशभर राष्ट्रिय मानव अधिकार आयोगले सातवटै प्रदेशमा मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनको आयोजना गरेको छ । कर्णाली प्रदेशमा भोलिसम्म सम्मेलन जारी रहनेछ ।  

प्रतिक्रिया दिनुहोस