कर्णालीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा न्यून सहभागिता

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १६ : ०९
कर्णालीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा न्यून सहभागिता

काठमाडौं । कर्णाली प्रदेशमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकहरूको न्यून सहभागिता रहेको देखिएको छ । देशभरका सातवटा प्रदेशको तुलनामा कर्णाली प्रदेशबाट कोषमा न्यून सहभागिता भएको हो ।

कर्णाली प्रदेशमा २ सय १९ रोजगारदाता र १ हजार ११ श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट सुरक्षा कोषमा सहभागिता रहेको छ । बागमती प्रदेशमा १४ हजार ४ सय ६८ रोजगारदाता र २ लाख ३९ हजार ३ सय ५६ श्रमिकहरू आवद्ध छन् । 

त्यस्तै, प्रदेश(१ मा एकहजार ८ सय ६० रोजगारदाता र ३२ हजार २ सय १३ श्रमिक, प्रदेश( २ मा ७ सय ५५ रोजगारदाता र १८ हजार ३ सय ७० श्रमिक, गण्डकी प्रदेशमा ७ सय ६९ रोजगारदाता र १२ हजार ८ सय ९७ श्रमिक, लुम्बिनी प्रदेशमा १ हजार ४ सय २२ रोजगारदाता र ११ हजार ८ सय ८३ श्रमिक तथा सुदूरपश्चिम प्रदेशमा २ सय ३९ रोजगारदाता र १ हजार २ सय ४१ श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
 
देशभर जम्मा १६ हजार ८ सय ३५ रोजगारदाता र ३ लाख २० हजार १ सय ८८ श्रमिक मात्रै कोषमा आवद्ध रहेको छ । सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराई आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले २०७६ श्रावण १ देखि योगदान रकम संकलन सुरु गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस