करेन्ट लागेर एक युवकको मृत्यु

बुधबार, २६ बैशाख २०७५, १६ : ०२
करेन्ट लागेर एक युवकको मृत्यु


लहान । करेन्ट लागेर गम्भीर घाइते भएका सिरहा कर्जन्हा नगरपालिका–१ का एक युवकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नै घरमा पंखाको नाङ्गो तारबाट गए राति करेन्ट लागेर गम्भीर घाइते भएका कर्जन्हा नगरपालिका–१ का २० वर्षीय रामबाबु कुमारको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस