एजेन्सी । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ ।पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ ।सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।
हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ । “हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,” एक अधिकारीले भने । आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० फागुन २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु