ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०८१, १२ : ३७
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु

जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण कम्तीमा नौ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले यो जानकारी दिएको हो ।

पूर्वी इन्डोनेसियाको दुर्गम टापु फ्लोरेस लेवोतोबी लाकी–लाकी हिमालमा यी ज्वालामुखी विस्फोटहरू भएको बताइएको छ । गत हप्तादेखि यी विस्फोट भइरहेका छन् ।

ज्वालामुखीबाट निस्किएको लाभाका कारण नजिकका गाउँबाट मान्छेलाई २० किमि परको अन्य गाउँमा सारिएको सोमबार अधिकारीहरूले बताएका छन् । ५ किमि परसम्म खरानी र ढुङ्गा देखिएका छन् ।

आसपासका गाउँको अवस्था बिग्रिएको छ भने ती गाउँका धेरै घर ध्वस्त भएका छन् । ज्वालामुखीले भएको जनधनको क्षतिबारे अधिकारीहरूले विवरण सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस