काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने नेपाल आयल निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।
रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहिबार कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको हो ।
निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ । निगमले गएराति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ ५ रुपैयाँ बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो
घट्यो पेट्रोल र डिजेलको मूल्य
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी