नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

बुधबार, २६ बैशाख २०७५, १५ : २५
नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुशी वसुन्धरा लगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुण्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाई डर, त्रास, धाँक, धम्की देखाई रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताउनुभयो । “गुरुङले विभिन्न होटल तथा रेष्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ,” उहाँले भन्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस