उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १५ : ५२
उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान


काठमाडौँ-भारतको उत्तर प्रदेश राज्यमा विधानसभाका लागि मतदान जारी छ । विधानसभा चुनाव अन्तर्गत छैटौँ चरणको मतदान भएको हो । छैटौँ चरणको चुनाव अन्तर्गत १० जिल्लामा ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारी दिएको गोरखपुरमा निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । योगी आदित्यनाथ पनि चुनावी दौडमा रहेकाले यो चरणको मतदानलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।


गोरखपुर बाहेक बललिया, सन्त कबीर नगर, बस्ती, बलरामपुर, महाराजगञ्ज, सिद्धार्थनगर, कुशिनगर, अम्बेडकरनगर र डिओरियामा पनि आजै मतदान भएको हो ।

उत्तर प्रदेशको विधानसभामा ४०३ सिट कायम छ जसमा बहुमतका लागि २०२ सिट आवश्यक पर्छ । गत फेब्रुअरी १० तारिखबाट शुरु भएको निर्वाचनको सातौँ तथा अन्तिम चरणको मतदान आगामी ७ मार्चमा हुनेछ   

प्रतिक्रिया दिनुहोस