विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ग्याल्पो ल्होसार

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १४ : ०३
विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ग्याल्पो ल्होसार

काठमाडौं । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रूपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन् । 

काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा रहेको छ ।

शेर्पा समुदाय एवं महायान बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । 

यस पटक बाँदर वर्ष पूरा भई चरा वर्ष सुरु भएको छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । 

बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने विश्वास रहेको छ । ल्होसार तिब्बतीय राज परम्पराबाट आएको र ल्होसार शब्द पनि तिब्बतीयन भएको बौद्धधर्मावम्बी पासाङ लामाले ‍बताए । 

ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।   

प्रतिक्रिया दिनुहोस