रुस र बेलारुसका खेलाडीले बेइजिङ पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १३ : ४५
रुस र बेलारुसका खेलाडीले बेइजिङ पाराओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाउने

काठमाडौ ।  रुस र बेलारुसका खेलाडीहरुले बेइजिङमा हुने गृष्मकालीन पाराओलम्पिक खेल्न नपाउने भएका छन् । अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटिले रुस र बेलारुसका खेलाडीलाई प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएको हो ।

युक्रेनमा रुसले गरेको आक्रमण र रुसी आक्रमणमा बेलारुसले दिएको साथलाई लिएर यस्तो निर्णय भएको हो । गृष्मकालीन पाराओलम्पिकको उद्घाटन समारोह शुक्रबार हुँदैछ । खेलहरु शनिबारदेखि सुरु हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस