एनएसएल अक्सनः 'ए' डिभिजनका ८ क्लबको आपत्ति

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १२ : ०२
एनएसएल अक्सनः 'ए' डिभिजनका ८ क्लबको आपत्ति

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल)को विरोध गरेका छन् ।  

यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् । 

विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुकाे मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन् । ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन् । यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तीमा उल्लेख छ । 

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस