हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

बुधबार, २६ बैशाख २०७५, १३ : ५४
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते बनाएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल ल्याइएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको होे ।  (रासस)

प्रतिक्रिया दिनुहोस