हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

बुधबार, २६ बैशाख २०७५, १३ : ४८
हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

प्रतिकात्मक फोटो

लहान । हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ । यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगुनी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, हावाहुरीले घरको पिलर भाँचिएर सुखिपुर नगरपालिका–९ स्थित अशोक गुप्ताको घर बनाउन आएका मिस्त्री सप्तरी कञ्चनरुप नगरपालिका–८ रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार घाइते भएको स्थानीयवासीले बताएका छन् ।

उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाएको छ । हावाहुरीका कारण रूख ढलेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । हावाहुरीले आँप झारेर ठूलो क्षति पु¥याएको छ भने हावाहुरीसँगै भएको वर्षाले तयारी अवस्थामा रहेको काँचो इँट्टा नष्ट भएको छ । यस्तै हावाहुरीले जिल्लाका विभिन्न स्थानमा फुस र टिनको छानो भएका घरहरु उडाएका छन् । विद्युत्का थुप्रै पोल ढालिदिएपछि विद्युत् र टेलिफोन सेवासमेत बिहानैदेखि अवरुद्ध भएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस