ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुई जनाको मृत्यु, एक जना घाइते

बुधबार, २६ बैशाख २०७५, १३ : ०६
ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुई जनाको मृत्यु, एक जना घाइते

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको मंगलबार घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही भने गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ । मृतक दुई जनाको शव घरतर्फ लगिएको र गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  (रासस)

 

प्रतिक्रिया दिनुहोस