बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

बुधबार, २६ बैशाख २०७५, १२ : ०३
बालुवाटारमा ओली र प्रचण्डबीच  ‘वान टु वान’ वार्ता

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ वार्ता जारी छ ।  करिब सात महिना पहिले पार्टी एकता गर्ने भन्दै एकता प्रकृया अगाडि बढाएका दुवै पार्टीको एकता हालसम्म छलफलमै जारी छ ।

पछिल्लो समय पार्टी एकता र सरकार सञ्चालनका विषयमा दुई दलबीच बढेको तिक्तता मेट्न दुई नेताबीच वान टु वान वार्ता सुरु भएको हो । आजको वार्तामा दुई नेताबीच पार्टी एकता, प्रधानमन्त्री केपी ओलीले गरेको ट्वीट र माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलन छोड्न नसक्ने भनेर दिएका अभिव्यक्तिबारे कुराकानी हुने बताइएको छ ।

पार्टी एकता गर्दा समान हैसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरुलाई समेत थाहा नदिने गरेको माओवादीको गुनासो छ । जसले गर्दा एकता घोषणामा समेत ढिलाई भएको छ । 

प्रतिक्रिया दिनुहोस