काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।
बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले जारी गरेका छ वटा अध्यादेश प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको घोषणा
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभाको बैठक बस्दै
‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत