मृग मारेको आरोपमा एकजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १४ : ०२
मृग मारेको आरोपमा एकजना पक्राउ

काठमाडौ ।  संखुवासभाको चैनपुर नगरपालिका –७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर –७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरीले जानकारी दिए।

प्रहरी निरिक्षक खतिवडाका अनुसार रतुवा मृग मार्न श्रेष्ठलाई प्रहरी भरुवा बन्दुकसहित चैनपुर –७ को वालेश्वरबाट पक्राउ गरेको बताए।  अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार दिउँसो अन्दाजी साढे ३ बजे बोरामा लुकाई राखेको रतुवा मृग सहित श्रेष्ठलाई पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस