पीजी पढ्न युक्रेन पुगेका दुईजना डाक्टर काउन्सिलको सम्पर्कमा

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १३ : ५१
पीजी पढ्न युक्रेन पुगेका दुईजना डाक्टर काउन्सिलको सम्पर्कमा

काठमाडौं ।  यतिखेर रूसले युक्रेनमा आक्रमण गरेपछि पछिल्लो समय युक्रेनमा बस्ने नेपालीको खोजी भएको छ।

केही वर्षयता नेपालबाट रोजगारीको सिलसिलामा मात्रै नभएर चिकित्सा शिक्षा अध्ययन गर्नका लागि पनि नेपाली विद्यार्थीहरू युक्रेन जाने गरेका छन्। नेपाल मेडिकल काउन्सिलको रेकर्डअनुसार चिकित्सा शिक्षातर्फको पोष्ट ग्राजुएट्स पीजी तह अध्ययनका लागि तीनजना मात्रै नेपाली विद्यार्थी त्यहाँ पुगेको देखिन्छ।

त्यसमध्ये हाल दुईजना नेपाली चिकित्सक नेपाल मेडिकल काउन्सिलको सम्पर्कमा आएका छन् । 
उनीहरूले आफू त्यहाँबाट फर्कन चाहेको  र बाँकी पढाइ नेपालमै आएर पढ्न पाउनुपर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस