वीरेन्द्रनगरमा २३ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १३ : १०
वीरेन्द्रनगरमा २३ जना पक्राउ

काठमाडौ  । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो ।
प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् । यहाँका शिव मन्दिरहरु सुनसान बनेका छन् । भिडभाड हुने लाटिकोइलीको शिव मन्दिरमा केही फाटफुट भुक्ताहरुको उपस्थिति रहेको छ ।

वीरेन्द्रगरको मंगलगढी चोक, यरी चोक र वीरेन्द्र चोकको प्रहरी बिट पनि बन्दकर्ताले सोमबार राति तोडफोड गरेका छन् । यी चोकका सडकहरु बोतल र ढुगांहरुले भरिएका छन् । हिँड्न समेत मिलिरहेको छैन । 

प्रतिक्रिया दिनुहोस