५ वर्षमा बन्ला ३१५ किमि प्रसारणलाइन र चारलेनको ७७ किमि सडक

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १२ : ५५
५ वर्षमा बन्ला ३१५ किमि प्रसारणलाइन र चारलेनको ७७ किमि सडक

काठमाडौ । प्रतिनिधिसभाले आइतबार नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी सम्झौतालाई अनुमोदन गरेपछि अब यसको कार्यान्वयन प्रक्रिया अघि बढ्ने भएको छ। 

सम्झौताअनुसार नेपालले ५० करोड अमेरिकी डलर अनुदान एमसीसी परियोजना कार्यान्वयनका लागि पाउनेछ। चार वर्षसम्म राजनीतिको जाँतोमा पिँधिएको एमसीसी बहस किनारा लागेसँगै अब यसअन्तर्गतका परियोजनाहरु कसरी कार्यान्वयन हुन्छन् भन्ने चासो बढेको छ। 

५० करोड अमेरिकी डलर नेपाललाई अत्यावश्यक पूर्वाधार मानिएको ४०० केभी प्रसारणलाइन निर्माण र पूर्व–पश्चिम राजमार्गको अर्घखाँची र दाङमा पर्ने ७७ किमि सडक मर्मत तथा विस्तारमा खर्च गर्ने तयारी छ।  

५० करोड डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजना निर्माणमा खर्च हुनेछ भने ५ करोड २२ लाख सडक मर्मत तथा विस्तारमा खर्च हुने छ ।  

प्रतिक्रिया दिनुहोस