काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता 'हावा कुरा' नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् ।
'धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,' उनको प्रश्न थियो, 'नेपालको संविधानभन्दा माथि केही हुन्छ?' उनले भने ।
नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अनर्तगत सहमति हुने पनि शर्माले दाबी गरे । सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ
गगन थापाको दाबी : सत्ता समीकरण तीन वर्षसम्म चल्छ
सबैलाई मिलाएर संविधान संशोधन हुन्छ : गगन थापा
गगन थापा एकाएक किन पुगे दिल्ली ?