काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ ।
आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
बैठकमा केही नेताहरूले सत्तारुढ दलका केही पार्टीहरूले अगाडि सारेको व्याख्यात्मक घोषणाको स्वामित्व जसपाले लिन नहुने र यसलाई निशर्त स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उनीपक्षीय नेताहरू एमसीसी सम्झौताको पक्षमा खुलेका थिए भने अध्यक्ष उपेन्द्र यादव मौन रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने