खुकुरी प्रहार गरी हत्या

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १२ : १९
खुकुरी प्रहार गरी हत्या

काठमाडौ ।  बाराको फेटा गाउँपालिका–४ फुलवरिया बस्ने ४६ वर्षीय प्रेमचन्द्र महरा दैनिकजसो दूध लिन बिहान छिमेकी जिल्ला पर्सा पुग्छन्। उनी दूध लिन पर्साको वीरगञ्ज महानगरपालिका – ८ स्थित गाईगोठ पुग्ने गरेका हुन्।

उक्त गाईगोठका सञ्चालक हुन् ३४ वर्षीय दीपककुमार महरा। दुवै महरा तर छैन कुनै नाता। दीपक दूध बेच्ने र प्रेमचन्द्र किन्ने। यही सम्बन्धले उनीहरु एकअर्काबीच परिचित छन्। प्रेमचन्द्रले घरायसी प्रयोगको लागि दीपकसँग दूध लिँदै आएका थिए।

तर गएको बिहीबार त्यहीं प्रेमचन्द्रको लास दीपकको गाईगोठमा फेला प¥यो। प्रहरीले शवसँगै रगत लागेको खुकुरी बरामद ग¥यो। प्रहरीले गाईगोठ धनी दीपकलाई नियन्त्रणमा लियो।अनुसन्धानका क्रममा दीपकले प्रेमचन्द्रको खुकुरी प्रहार गरी हत्या गरेको देखियो। गर्धन र टाउकोको पछाडि खुकुरी प्रहार गरिएको अवस्थामा प्रेमचन्द्रको शव फेला परेको थियो ।  दीपकले हत्या गर्ने उद्देश्यले नै प्रेमचन्द्रलाई आफ्नो गाईगोठमा बोलाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हत्या भएको दिन दीपकले प्रेमचन्द्रलाई फोन गरेर ‘तिमीसँग कुरा गर्नु छ, गाईगोठमा आउनुस्’ भनेर बोलाएका थिए। दीपकले बोलाएपछि प्रेमचन्द्र गाईगोठ पुगेको प्रहरीले बताएको छ।


 

प्रतिक्रिया दिनुहोस