लोप  हुन थाले  पानीघट्ट

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १२ : ०८
लोप  हुन थाले  पानीघट्ट

काठमाडौ । विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका  ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लगायतका मौलिक सम्पदाहरु लोप हुँदै गएका छन्।

 अहिले यो प्रचलन हराइसकेको छ। यस्ता पानी घट्टहरु ठाडो खोलाहरुमा पनी बनाइने गरेको पाइन्छ। अहिले यदाकदा पहिलेका घट्टहरु जीर्ण अवस्थामा देखिन्छन्। अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ। तर म्याग्दीका अधिकांश ठाउँमा मिल नै संचालनमा आएका छन्। यसले मानिसहरुलाई सजिलो बनाइ दिएको छ।एक दशक अगाडिसम्म म्याग्दीको ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन्।  पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत संचालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो।

गाउँलेहरुले पिसानी अन्न पिस्ने कामका लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकोमा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ। खासगरी पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरि केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरि बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो।

 

प्रतिक्रिया दिनुहोस