माओवादी केन्द्रको निर्णय : व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १० : ४८
माओवादी केन्द्रको निर्णय : व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । 

माओवादी केन्द्रका एक नेताले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक विश्लेषणसहित पारित गर्ने निर्णय भएको जानकारी दिए । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको स्रोतको दाबी छ ।
 

प्रतिक्रिया दिनुहोस