रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ०९ : ३२
रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा । नेकपा (एमाले) का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिईन् । उनले पुरस्कारका लागि यस वर्षबाट २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने बताइन्। उनका अनुसार उक्त पुरस्कार अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर प्रदान गरिने छ ।

सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस त्रिदिवसीयरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस