कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ०७ : ४४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।  

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  यस्तै उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस