डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १७ : २६
डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौ । डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको हो ।

सुप ००१ क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको  छ । दुर्घटनामा एकजना घाइते भएका छन् । टिप्पर ब्याक गर्दा खसेको जनाइएको छ । मृतक र घाइतेको परिचय खुलिसकेको छैन । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ 

उनको अवस्था मध्यम रहेको छ । मृतकको शव पनि पोस्टमार्टम्का लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस