नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जना पक्राउ

मंगलबार, २५ बैशाख २०७५, १८ : १९
नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जना पक्राउ

काठमाडौं । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्षसहित १२ जनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेमा महासंघका केन्द्रीय महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाह रहेका छन्। पक्राउ पर्ने सबैलाई सिंहदरबार वृतमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस