निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १३ : ३५
निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला

काठमाडौ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् ।

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत ९आचार्य०, श्रृजना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई लगायत सदस्य चयन भएका छन् ।

मणीराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम विक र रामप्रसाद आचार्य केन्द्रीय प्रतिनिधि तथा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई प्रदेश प्रतिनिधि चयन गरिएको संगठनले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस