पैदलमार्गमा राखिने सबै पसल हटाउन शुरु : कामपा

मंगलबार, २५ बैशाख २०७५, १७ : ४५
पैदलमार्गमा राखिने सबै पसल हटाउन शुरु : कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ । अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उहाँले बताउनुभयो ।

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ । अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।  (रासस)

प्रतिक्रिया दिनुहोस